Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चरी र मनोज पुनको ‘इन्काउन्टर’ गर्ने कुमोध ढुंगेलसहित २१ जनाले लगाए एसपीको फूली

    चरी र मनोज पुनको ‘इन्काउन्टर’ गर्ने कुमोध ढुंगेलसहित २१ जनाले लगाए एसपीको फूली

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । डिएसपीबाट  बढुवा भएका २२ जना एसपी मध्ये २१ जनाले  दर्ज्यानी चिन्ह ( फूली )लगाएका छन् ।

    मन्त्रिपरिषद्को यही जेठ ५ गतेको निर्णयले एसपीमा पदोन्नति भएका उनीहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले  सोमबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् ।



    डिएसपीबाट एसपीमा बढुवा भएका कुमोध ढुंगेल गुन्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरपछि चर्चामा आएका प्रहरी अधिकारी हुन। नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका ढुंगेल तत्कालिन महानगरीय अपराध महाशाखामा कार्यरत छँदा चरीको इन्काउन्टर भएको थियो।

    युवासंघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने  मनोज पुनलाई इन्काउन्टर गर्ने पनि ढुंगेल नै थिए ।

    यो नेक्ससमा जोडिएका र निर्माण  ब्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतलाई उनै ढुंगेलको टिमले भारतबाट नेपाल ल्याएको थियो। ढुंगेलले धेरै गुण्डा नाइकेहरुलाई पक्राउ समेत गरेका थिए।

    रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँको  सम्बन्धका कारण ढुंगेल बिभागीय कारवाहीमा परेका थिए। ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी समेत जारी गरेको थियो। पछि सर्वोच्च अदालतले उनलाई सफाइ  दियो।

    ढुंगेलसहितका केही डिएसपी पुर्व आईजीपी धिरजप्राताप सिंहको कोपोभाजनमा परेर यसअघिको बढुवामा छुटेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार