Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भन्सार छलेर ल्याएको एडिडास जुत्तासहित ट्रक बरामद

    भन्सार छलेर ल्याएको एडिडास जुत्तासहित ट्रक बरामद

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 1.5K
    SHARES

    मकवानपुर । सशस्त्र प्रहरीले ठुलो परिमाणमा भन्सार छलीको जुत्ता बरामद गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ६ करोड भन्दा धेरैको जुत्ता बरामद गरिएको हो ।



    एडिडास र सुपरस्टार जुत्ता बरामद गरिएको छ । अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा मुल्य लेखिएको प्रज्ञापनपत्र सहित ३ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।



    ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शङ्कास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले सो जुत्ता बरामद गरेको हो ।

    नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार