Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विद्यार्थी कम भएपछि चौरपाटीका ५ विद्यालय मर्ज, ६ वटा ‘डाउन साइज’ [सूचीसहित]

    विद्यार्थी कम भएपछि चौरपाटीका ५ विद्यालय मर्ज, ६ वटा ‘डाउन साइज’ [सूचीसहित]

    पुर्ण बहादुर साउद
  • आइतबार, ३१ बैशाख २०८०
  • 5.9K
    SHARES

    अछाम । विद्यार्थी कम हुँदै गएपछि अछामको चौरपाटी गाउँपालिकामा सञ्चालित पाँच वटा सामुदायिक विद्यालय पूर्ण रुपमा मर्ज गरिएको छ । यही बैशाख २९ गते बसेको कार्यपालिका बैठकले पाँच वटा सामुदायिक विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको हो ।

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले संघिय सरकारले बनाएको मापदण्ड अनुसार समायोजन गरिएको जानकारी दिए । उनले विद्यार्थी सङ्ख्या न्यून भएका र निजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको बताए ।



    उनका अनुसार वडा नम्बर १ को धु्रवतारा आधारभूत विद्यालय सिउडी माध्यमिक विद्यालयमा, वडा नम्बर ४ का सुर्योदय र नागातोला आधारभूत विद्यालय बैद्यनाथ माविमा र वडा नम्बर ५ को कर्मलोक र ठुलाढंगा आधारभूत विद्यालय दयापिपलतोला माध्यमिक विद्यालयमा समायोजन भएका हुन् ।



    यी समायोजन भएका विद्यालयमा बालविकास केन्द्र भने यथावत् रहेका छन् । यस्तै पालिकाभित्र रहेका ६ वटा विद्यालयहरुलाई पनि कक्षा ३ सम्म झारिएको छ । यसरी ‘डाउन साइज’ हुने विद्यालयमा वडा नम्बर १ को जनता आधारभूत विद्यालय रहेको छ । उक्त विद्यालयको तह ४ र ५ शीरोमणी लेखनाथ माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।

    यस्तै वडा नम्बर ५ को कालिका, गंगापुर र देवकन्या आधारभूत विद्यालयको ४ र ५ तह पनि दयापिपलतोला माध्यमिक विद्यालयमा समायोजन भएको छ । यसैगरी वडा नम्बर ५ कै सिर्जनशिल आविको पनि ४ र ५ तह लक्ष्मी आधारभूत विद्यालयमा समायोजन गरिएको शिक्षा शाखा प्रमुख जोशीले बताए ।

    साथै वडा नम्बर ७ को लक्ष्मी आविको ४ देखि ८ कक्षा शान्ति माध्यमिक विद्यालयमा समायोजन गरिएको उनले बताए । कक्षा ५ सम्म पढाइ हुँदै आएको विद्यालयमा कक्षा ४ र ५ हटाइएकाले अब त्यहाँ कक्षा ३ सम्म पढाइ हुनेछ भने कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयमा पनि कक्षा ३ सम्म पढाइ हुनेछ ।

    यसैगरी गाउँपालिकाभित्र रहेको एउटा बालविकास केन्द्र पनि समायोजन भएको छ । शिक्षा शाखा प्रमुख जोशीका अनुसार वडा नम्बर ७ मा रहेको जनकल्याण बालविकास भवानी आधारभूत विद्यालयमा मर्ज गरिएको छ ।

    यसरी समायोजन भएका एक बालविकास सहित १२ वटा विद्यालयलाई आजदेखि समायोजनको कार्यान्वनमा लैजान लागिएको शिक्षा शाखा प्रमुख जोशीको भनाई छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार