Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बजार घुम्न जाऔं भन्दै जंगलमा लगेर किशोरीमाथि बलात्कार, विनोद र नवराज पक्राउ

    बजार घुम्न जाऔं भन्दै जंगलमा लगेर किशोरीमाथि बलात्कार, विनोद र नवराज पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    बर्दिया । बर्दियामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवक पक्राउ गरेको छ ।

    बजारतिर घुम्न जाऔं भनी १८ वर्षीया किशोरीलाई मोटरसाइकलमा राखेर जंगलमा पुर्‍याइ बलात्कार गरेको आरोपमा जिल्लाको ठाकुर बाबा नगरपालिका–६ तुलसीपुरका २४ वर्षीय विनोद परियार र २० वर्षीय नवराज परियार पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार बेलुकी सात बजेतिर बजारतिर घुम्न भनेर उनीहरुले स्थानीय किशोरीलाई ठाकुर बाबा– ७ स्थित मध्यवर्ती सामुदायिक वनमा पुर्‍याइ बलात्कार गरेका थिए । पीडितले घटनालगत्तै प्रहरीलाई सूचना दिएकी थिइन् ।



    बलात्कारपछि फरार परियारद्वयलाई खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय वगनाहा भूरिगाउँबाट प्रहरी निरीक्षक पवन पछाइँको कमाण्डमा खटिएको टोलीले सोमबार दिउँसो १ बजे गाउँमा हिँडिरहेको बेला पक्राउ गरेको हो ।

    आरोपितले घटना स्वीकार गरिसकेको बताइएको छ । पक्राउ परेकाविरूद्ध प्रहरीले बलात्कार मुद्दामा थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार