Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कीर्तिमानी आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथामा

    कीर्तिमानी आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथामा

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं। कीर्तिमानी हिमाल आरोही कमिरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् ।

    मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गरेसँगै कमिरिताले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका हुन् ।



    कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए । बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए ।



    तर सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार