Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • खाँणका स्वकीय सचिवको बयान – भुटानी शरणार्थी प्रकरणबारे मलाई कुनै जानकारी छैन्

    खाँणका स्वकीय सचिवको बयान – भुटानी शरणार्थी प्रकरणबारे मलाई कुनै जानकारी छैन्

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 483
    SHARES

    काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीले आफूलाई नक्कली शरणार्थी प्रकरणबारे कुनै जानकारी नभएको बयान दिएका छन् ।

    नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका केसीले सरकारी वकिलको कार्यालयमा प्रहरीले लिएको बयानमा आफूमाथि आरोप लगाउनु नै गलत भएको जिकिर गरेका हुन् ।



    आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक-पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको उनले बताए । मेरो नाम उल्लेख गरी लेखिएको कागज क-कसले, कु-कुन प्रयोजनको लागि लेखेको हो, के-कसरी प्रतिवादी बालकृष्ण खाणको घरबाट बरामद भएको हो मलाई थाहा भएन।



    ‘प्रतिवादी केशवप्रसाद दुलाल र प्रतिवादी टेकनारायण पाण्डे बीचमा कुन-कुन आधारमा मलाई रकम दिने भनी मेरो नाम जोडी निजहरू बीचमा उक्त कुराकानी भएको हो, मलाई जानकारी भएन,’ उनले बयान दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार