Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजकबीच भेटवार्ता

    महासंघका अध्यक्ष ढकाल र संयुक्त राष्ट्रसंघ आवासीय संयोजकबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 597
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच भेटवार्ता भएको छ ।

    महासंघका अध्यक्ष ढकाल र हमदीबीच बिहिबार महासङ्घ सचिवालयमा भेट भएको हो ।



    उक्त भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल महासंघले जनाएको छ ।



    साथै साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार