Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारले घटायो भौतिक पूर्वाधार मन्त्रालयको बजेट

    सरकारले घटायो भौतिक पूर्वाधार मन्त्रालयको बजेट

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 597
    SHARES

    काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३६ अर्बले घटाएको छ ।

    सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले यस्तो बताएका हुन् ।



    चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट पाएको थियो । यो कुल बजेटको १०.१५ प्रतिशत थियो ।



    तर, आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट पाएको छ ।

    अर्थमन्त्री महतले संसदमा पेश गरेको बजेटमा विभिन्न सडकमार्गहरुको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार