Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी, तीन जना पूर्वकर्मचारी पक्राउ

    मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी, तीन जना पूर्वकर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको दुई करोड बढी ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ‘बिलिङ सेक्सन’ मा काम गरेका दोलखाको भीमेश्वर नगरपालिका-४ घर भई भक्तपुरको ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र बालुवाटार बस्ने ३४ वर्षे आशीष अर्याल छन्।



    जिल्ला प्रहरी परिसर ललितपुरले ठगी गरेको आरोपमा तीन जनालाई मंगलबार पक्राउ गरेको हो । राघव सापकोटा उक्त अस्पतालको एजिक्युटिभ आइपी बिलिङको रूपमा कार्यरत थिए।अन्य दुई जना पनि बिलिङ सेक्सनमा कार्यरत थिए।



    बिलिङ सेक्सनमा काम गर्ने उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामको ‘एचएमआईएस सफ्टवेयर’ को दुरुपयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिने र बिरामीबाट लिएको शुल्क भन्दा कम शुल्क ‘सफ्टवेयर डीएफ इन्ट्रीमा देखाई ठगी गरी घाटा पुर्‍याएको अस्पतालले जनाएको छ ।

    यसरी उनीहरूले दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध आपराधिक लाभ तथा आपाराधिक विश्वासघातसम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार