Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मेडिसिटी अस्पतालमा अक्सिजनको चरम अभाव, सरकारलाई भन्यो- नयाँ भर्ना लिन सक्दैनौं

    मेडिसिटी अस्पतालमा अक्सिजनको चरम अभाव, सरकारलाई भन्यो- नयाँ भर्ना लिन सक्दैनौं

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.4K
    SHARES

    ललितपुर । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले तत्काल सरकारले अक्सिजनको सहज आपुर्ति नगरे नयाँ कोरोना संक्रमणका बिरामीहरु भर्ना लिन नसकिने बताएको छ।

    प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिन्डर मात्र प्राप्त हुने जानकारी आएसँगै कोरोना संक्रमितको उपचारमा समस्या भएको भन्दै अस्पतालले नेपाल सरकार र सम्बन्धित निकायहरुसँग तत्काल अक्सिजनको व्यवस्था गरिदिन अपिल समेत गरेको छ ।



    अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै १ सय सिलिन्डर मात्रले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले शोका लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।



    यस्तै, अस्पतालले स्थिती सामान्य बन्दै आवश्यक अक्सिजन परिमाण र अन्य सामग्रीहरु प्राप्त भएसँगै नयाँ भर्नाका लागि आफुहरु तयार रहेको पनि जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार