Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेकपा एसका उपाध्यक्ष पाण्डेले भने – सरकारले बजेटमा विभेद गर्‍यो, यथास्थितिमा बजेट पास हुँदैन

    नेकपा एसका उपाध्यक्ष पाण्डेले भने – सरकारले बजेटमा विभेद गर्‍यो, यथास्थितिमा बजेट पास हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 894
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी(नेकपा एस)का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको आरोप लगाएका छन् ।

    समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष पाण्डेले सरकारले बजेटमाथिको विभेद नहटाए आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिए ।



    उपाध्यक्ष पाण्डेले भने, ‘भौतिक पूर्वाधारमा ५ अर्ब बढी पैसा गयो रे । त्यसमा ११० करोड डडेलधुरामा ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीन वटा जिल्लामा बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन । हामी कडाइका साथ भनिरहेका छौं । यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन ।’

    त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको उपाध्यक्ष पाण्डेले बताए । पाण्डेले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आक्रोश जनाए ।

    पाण्डेले १६५ निर्वाचन क्षेत्र भएपनि २र३ ठाउँमात्र बजेट दिएर अन्यत्र विभेद गरिएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार