Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जापानमा दुई विमान एकआपसमा ठोक्किएपछि…

    जापानमा दुई विमान एकआपसमा ठोक्किएपछि…

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    एजेन्सी। टोकियोको हानेदा विमनस्थलमा दुईवटा यात्रुवाहक विमानहरू ठोक्किएका छन् ।

    जापानको स्थानीय समय बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएका हुन् ।



    शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका थिए। ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् ।



    दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।

    विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार