Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • शेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

    शेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 603
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ ।

    आज नेप्से ७.७९ अंकले बढेर एक हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा पुगेको छ ।



    आज ७४ लाख कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। जसमा सबैभन्दा बढी सोल्टी होटलले १० करोड रुपैयाँको कारोबार गरेको छ ।



    आज पाँच कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार