Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय समिति बैठक आह्वान

    नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय समिति बैठक आह्वान

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 627
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक यही असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेगरि बोलाइएको हो ।

    चार दिनसम चल्ने बैठकमा पार्टीको २ महिने अभियान,सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको बिषयमा छलफल हुनेछ ।



    नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि छलफल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुनेछ ।



    कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने छन् ।

    त्यस्तै, समितिको बैठकअघि बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर रहेको ५ बुँदे सर्कुलर मातहतका कमिटीमा पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार