Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गठबन्धनको बैठक बस्दै, माओवादी मन्त्रीलाई फिर्ता बोलाएर सीकेलाई सरकारमा समेट्ने तयारी

    गठबन्धनको बैठक बस्दै, माओवादी मन्त्रीलाई फिर्ता बोलाएर सीकेलाई सरकारमा समेट्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच आज भएको भेटपछि माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने गृहकार्य सुरु भएको हो ।



    जसको लागि छलफल गर्न सत्तारुढ गठबन्धन दलको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सीके राउत असन्तुष्ट छन् ।



    सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार