Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्थ समितिमा प्लास्टिकको बोतल निषेध

    अर्थ समितिमा प्लास्टिकको बोतल निषेध

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 690
    SHARES

    काठमाडौं । संसदीय समिति अन्तरगतको अर्थ समितिमा प्लास्टिकका बोतल निषेध गरिएको छ ।

    समितिको बैठकमा प्लास्टिकका बोतल प्रयोग भएको भन्दै विरोध भएपछि समितिले स्टील तथा सीसाको भाडाँ प्रयोगमा ल्याएको हो ।



    यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै पर्यावरण संरक्षणमा सानो उपलब्धि हासिल भएको बताएका छन् ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसा को भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार