Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालेन शाहको कविता – हामी मनुष्यलाई एकदिन मर्नुपर्छ, कसैलाई याद हुँदैन

    बालेन शाहको कविता – हामी मनुष्यलाई एकदिन मर्नुपर्छ, कसैलाई याद हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 957
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कविता लेखेका छन् ।

    उनले शनिबार सामाजिक सञ्जालमा कविता लेखेका हुन् ।



    मेयर शाह कामका कारण जति चर्चामा छन् त्यो भन्दा कम छैनन् सामाजिक सञ्जालका कारण ।



    सामाजिक सञ्जालकै कारण अहिले उनी सर्वोच्चमा मुद्दा खेपिरहेका छन् । तर उनले शनिबार भने कविता लेखेका छन् ।

    यस्तो छ उनको कविता –

    हामी मनुष्यलाई एक दिन मर्नुपर्छ,

    कसैलाई याद हुँदैन,

    दैनिक याद हुनु राम्रो कुरा पनि हैन।

    तर बिर्सिनु पनि त सही छैन ।।

    एक दिन यो पाऊले धर्ती टेक्दैन,

    एक दिन यो शरिरले हुरी छेक्दैन ,

    एक दिन यो आखाले संसार देख्दैन ,

    एक दिन हातले मनको कुरा लेख्दैन ,

    ईतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ,

    एक दिन ,

    हामी जती बिकाऊ भए पनि,

    आत्माले आफु बेच्दैन ।।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार