Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भरुवा बन्दुकसहित गोरखाबाट तीनजना पक्राउ

    भरुवा बन्दुकसहित गोरखाबाट तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 621
    SHARES

    गोरखा । गोरखामा अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको शहिदलखन गाउँपालिका-९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल बहादुर घर्ती पक्राउ परेका हुन् ।



    शुक्रबार पक्राउ परेका उनीहरु बिरुद्ध आइतबार हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता भएको गोरखा प्रहरीले जनाएको छ ।



    अवैध रुपमा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुको घरमा एक/एक थान भरुवा बन्दुक फेला परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार