Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शंकास्पद वस्तु निष्क्रिय गर्न सिनामंगल पुग्यो सेनाको टोली

    शंकास्पद वस्तु निष्क्रिय गर्न सिनामंगल पुग्यो सेनाको टोली

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 582
    SHARES

    काठमाडौं । सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगेको छ।

    सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको हो । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो ।



    प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएर निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाएको हो । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।



    नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको छ। खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। प्रहरी र सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार