Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु, २३ घाइते

    मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु, २३ घाइते

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 558
    SHARES

    फाइल तस्विर

    अछाम । अछाममाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने ठाउँमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    सोही दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।



    पन्चदेवल नगरपालिका ४ कै ६० वर्षीय जहरी कामीको शव लिएर घाटतर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।



    दुर्घटनामा परी सोही ठाउँका २२ वर्षीय बृख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    ट्रयाक्टर दुर्घटनामा घाइते भएका २३ मध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार