Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • झापाको केचनामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    झापाको केचनामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 507
    SHARES

    फाइल तस्विर

    काठमाडौं । झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको छ ।

    केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको हो । त्यस आसपास क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    महाशाखाले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ,’झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने ससाना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ।’



    त्यस्तै, गएराति कास्की र पर्वतमा ठूलो पानी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार