Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंमा गुण्डागर्दी गर्ने दुईजना समातिए

    काठमाडौंमा गुण्डागर्दी गर्ने दुईजना समातिए

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं गुण्डागर्दी गर्दै हिँड्ने दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ घर भइ काठमाडौंको टोखा नगरपालिका–१० बस्ने ४२ वर्षीय जीवन भन्ने टेक बहादुर चौलागाई र तनहुँको भानु नगरपालिका–७ घर भइ काठमाडौंको सामाखुसी बस्ने ३२ वर्षीय रुपन गुरुङ छन् ।



    प्रहरीका अनुसार पक्राउ परेका चौलागाईले काठमाडौंको सामाखुसीमा ‘७ं७ मोबाइल’ नामक मोबाइल पसल सञ्चालन गर्दै आएका छन् ।



    उनको पसल अगाडि गत असार १७ गते कार चालक र मोटरसाइकल चालकबीच सामान्य विवाद हुँदा चौलागाईले मोटरसाइकल चालकलाई कुटपिट गरेका थिए ।

    सोही घटनाको विषयलाई लिएर मोटरसाइकल चालकका साथी रुपन गुरुङले आफ्नो समूह नै लिएर चौलागाईलाई उनको मोबाइल पसलमै कुटपिट गरेको थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरी वृत्त महाराजगञ्जबाट अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार