Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विश्व रेकर्ड बनाउन ७ दिन रोएका टेम्बूको सपना अधुरै !

    विश्व रेकर्ड बनाउन ७ दिन रोएका टेम्बूको सपना अधुरै !

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । नाइजेरियाका एक युवक गिनिज बुकमा नाम लेखाउनकै लागि लगातार ७ दिनसम्म रोएका छन् ।

    हालै एकजना नाइजेरियाली युवक टेम्बू एबेरेले गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका हुन् । तर, विडम्बना उनको नाम गिनिज बुकमा लेखिएन ।



    यो घटनाले दुनियाँमा मानिसहरु चर्चामा आउनकै लागि आफ्नो स्वास्थ्यमाथि कति हेलचेक्य्राई गर्छन भन्ने देखाउछ । चर्चाकै लागि सात दिन रोएका टेम्बूले आँखाको गम्भीर समस्या भोग्नुपर्‍यो ।



    टेम्बूले सबैभन्दा लामो समयसमम आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरिरहेका थिए । यसका लागि उनले पूरै एक हप्तासम्म रुनै कोसिस गरे र पूरै सात दिनसम्म रोइरहे ।

    तर त्यसको नतिजा सुखद निस्किएन । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए ।

    स्थानीय मिडियासँगको कुराकानीमा उनले भनेका छन्,’मैले आँसु बगाउने काम रोक्नुपयो किनकि यसत्रममा मैले गम्भीर स्वास्थ्य समस्याहरुसँग जुध्नुपर्‍यो । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें ।’

    तर उनको नाम गिनिज वर्ल्ड रेकर्डको किताबमा दर्ता भएन किनकि उनले यसका लागि आवेदन नै नगरेको पाइएको छ । रेकर्ड कायम गर्नका लागि टेम्बु टाइमर लगाएर कुर्सीमा बसेका थिए ।

    त्यसक्रममा उनले टिकटकमा लाइभ गरेका थिए । उनको त्यो भिडियोमा ५० लाखभन्दा धेरै भ्यूज प्राप्त भएका छन् र उनका हजारौं नयाँ फलोअर्स जोडिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार