Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुन तस्करीबारे छानबिन नहुँदासम्म संसद् सञ्चालन गर्न दिदैनौँ : पदम गिरी

    सुन तस्करीबारे छानबिन नहुँदासम्म संसद् सञ्चालन गर्न दिदैनौँ : पदम गिरी

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 957
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले क्विन्टल सुन तस्करीबारे छानबिन नहुँदासम्म संसद् चल्न नदिने बताएका छन् ।

    प्रमुख सचेतक गिरीले सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहने बताएका हुन् । उनले सुन प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम भइरहेको बताए।



    सरकारले कसको सुन हो भनेर सार्वजनिक नगर्दासम्म सदन चल्ने अवस्था नरहेको प्रमुख सचेतक गिरीको भनाई छ । उनले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताए ।



    विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ ।

    एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार