Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘प्रहरी हौँ’ भन्दै भारतीयको अपहरण गरी लुटपाट, बास्सा र ल्याङसहित तीनजना पक्राउ

    ‘प्रहरी हौँ’ भन्दै भारतीयको अपहरण गरी लुटपाट, बास्सा र ल्याङसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 792
    SHARES

    कञ्चनपुर । भारतीय नागरिकको अपहरण गरी लुटपाट गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय झलारीले अपहरण गरेर लुटपाटमा संलग्न शुक्लाफाँटा नगरपालिका–५ का बाश्शा भनिने रवि साउदसहित तीनजनालाई नियन्त्रणमा लिएको हो । साउदसँगै पक्राउ पर्नेमा सुरेन्द्र विष्ट ‘ल्याङ’ र भुवन ऐर पनि छन् ।



    प्रहरीको विशेष ब्यूरोबाट सादा पोशाकमा खटिएका ‘प्रहरी हौँ’ भन्दै शुक्रबार दुई भारतीय नागरिकलाई उनीहरुले अपहरण गरी लुटपाट गरेका थिए । भारतको पिलिभितका २४ वर्षीय मोहित कुमार र उनीसँगैका उद्यमसिंहनगर घर भई हाल महेन्द्रनगरमा काम गर्ने अशरफ अहमदलाई सादा पोशाकका प्रहरी हौँ भनेर उनीहरुले अपहरण गरेको प्रहरीले जनाएको छ ।



    भारतीय नागरिकलाई कलुवापुरस्थित कालिका सामुदायिक जंगलमा लगेर उनीहरुले यूके ०६ एजे ८०४२ नम्बरको मोटरसाइकल, मोबाइल, १९ हजार नगद, भारतीय आधार कार्ड र सवारी चालक अनुमति पत्र लुटेका थिए । राति नै लुटपाटमा परेका भारतीय नागरिकले अस्थायी प्रहरी बिट कलुवापुरमा जानकारी गराएका थिए ।

    ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको बताइएको छ ।

    लुटेको भारतीय नम्बरको मोटरसाइकल, नगद रकम तथा मोबाइल फिर्ता गरिएको भने पक्राउ परेको तीनै जनाविरुद्ध म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार