Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सिन्धुपाल्चोकको धापमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

    सिन्धुपाल्चोकको धापमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिन्धुपाल्चोक आसपासमा भारी वर्षा मापन भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घन्टामा सिन्धुपाल्चोकको धापस्थित केन्द्रमा भारी वर्षामापन भएको हो । हेलम्बु नाकोते केन्द्रमा पछिल्लो ६ घन्टामा ४५.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।



    सिन्धुपाल्चोककै धाप केन्द्रमा ९४ मिलिमिटर वर्षा मापन गरिएकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ।



    यसैबीच काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। अहिले काठमाडौं उपत्यकाका बागमतीको सहायक नदी मनोहरा, हनुमन्तेलगायतमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार