Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पार्टीभित्रका उच्च नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ : जनार्दन शर्मा

    पार्टीभित्रका उच्च नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ : जनार्दन शर्मा

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 708
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन् ।

    काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।



    उपमहासचिव शर्माले भने, ‘मैले संसद्‌को रोस्ट्रमबाट २०४७ साल यताका सबै नेताहरुको सम्पत्ति छानबिन गरौं भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थनबिना बालुटार प्रवेश संभव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ । पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ ।’



    उपमहासचिव शर्माले पार्टीका नेताहरुका सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको बताए ।

    उनले पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न माग गरे ।

    आफूले कुनै गल्ती नगर्दा पनि प्रश्न उठेपछि मार्गप्रशस्त गरेको समेत पूर्वअर्थमन्त्री शर्माले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार