Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सुन तस्करीबारे संसदमा गृहमन्त्री श्रेष्ठको कुरा सुन्न एमाले तयार

    सुन तस्करीबारे संसदमा गृहमन्त्री श्रेष्ठको कुरा सुन्न एमाले तयार

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 768
    SHARES

    काठमाडौं । लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ ।

    गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन भएको हो ।



    तर, तीन दलका शीर्ष नेताहरुको बैठकमा सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागमा सहमति भएन ।



    प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बसेको शीर्ष नेताको बैठकमा एमाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन तयार भएको हो ।

    विमानस्थल भन्सार कार्यालयबाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गर्नुपर्ने माग कायमै रहेको एमाले सचेतक महेश बर्तौलाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार