Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बाढीले बगाएर कैलालीमा एक जनाको मृत्यु

    बाढीले बगाएर कैलालीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 771
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा गोदावरी नगरपालिका–९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई छन् । भट्टराई साउन बुधबार खुटिया खोलामा दाउरा निकाल्न भन्दै गएका थिए ।



    दाउरा निकाल्न गएका बेला उनलाई खोलामा आएको बाढीले बगाएको थियो । बाढीले बगाउँदा बेपत्ता भएका भट्टराई बिहीबार मृत फेला परेका हुन् ।



    बुधबार उनलाई पानी जमेको खल्लामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार