Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आजदेखि, कतिसम्म दिने आवेदन

    मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आजदेखि, कतिसम्म दिने आवेदन

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 768
    SHARES

    फाइल फोटो

    काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।



    कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।



    कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

    आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार