Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनमतबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहको शपथ आज

    जनमतबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहको शपथ आज

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 528
    SHARES

    काठमाडौं । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहको आज शपथ हुने भएको छ ।

    नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुने भएकी हुन् ।



    आइतबार बसेको माओवादीको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।



    जनमतबाट नयाँ मन्त्री बन्ने भएपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमवार बिहान १० बजेलाई शपथग्रहणको कार्यक्रम तय भएको छ ।

    साहले सामान्य प्रशासन नै पाउने या अन्य भन्नेबारे निश्चित भइसकेको छैन ।

    जनमतले एक महिनाअघि नै प्रधानमन्त्री पु ष्पकमल दाहाल’प्रचण्ड’लाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार