Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कक्षा १२ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

    कक्षा १२ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 558
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ ।

    गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी थालेको हो ।



    राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनबारे निर्णय गर्न दिउँसो २ बजे बोर्डको बैठक बोलाएको छ ।



    बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधिक समस्या नआएको खण्डमा आजै साँझसम्म नतिजा सार्वजनिक गरिनेछ ।

    गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए ।

    बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार