Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चेकजाँचमा कडाई गरेको भन्दै गाउँपालिकाद्वारा प्रहरीको सेवा कटौती

    चेकजाँचमा कडाई गरेको भन्दै गाउँपालिकाद्वारा प्रहरीको सेवा कटौती

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 1.2K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाले प्रहरीलाई दिने सेवामा कटौती गरेको छ । सवारी चेकजाँचमा कडाई गरेपछि मायादेवी गाउँपालिकाले प्रहरीलाई दिंदैआएको सहयोग बन्द गरेको हो ।

    जनप्रतिनिधि निकटका सवारी चालकलाई कारवाही गरी जरिवाना तिराएपछि गाउँपालिका आक्रोशित बनेको थियो ।



    आइतवार राति इलाका प्रहरी कार्यालय पकडीले चेकजाँच गर्ने क्रममा २ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । लु ४१ प ६९८९ नम्बरको मोटरसाइकल चालक समूह र लु ६२ प ६१०१ नम्बरको मोटरसाइकल चालक अब्दुलसहित अन्य मोटरसाइकल कागजातविना चलाएपछि इप्रका र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचमा रोकिएको थियो ।



    चालकहरुले केहीबेर फोन गरेपछि मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्धीन मुसलमान, वडा १ का अध्यक्ष मोहम्मद इसवाक मुसलमान, वडा ३ का अध्यक्ष शैलेन्द्रकुमार यादव, वडा ४ का अस्फाक अहमद मुसलमान र वडा ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमानसहितको टोली चेकजाँच स्थल पुगेको थियो ।

    उनीहरुले दुबै मोटरसाइकल छाड्न आग्रह गरेको प्रहरीले जनाएको छ । जनप्रतिनिधिले दवाब दिएपछि प्रहरीले कागजात नहेरी कागजपत्र साथमा नभएको जनाउँदै ५ सय रुपियाँ जरिवाना तिराएको थियो ।

    जरिवाना तिराएपछि मायादेवी गाउँपालिको कार्यपालिकाको बैठक बसी प्रहरीलाई दिएको सेवा सुविधा रोक्ने निर्णय गरेको छ । गाउँपालिकाले इलाका प्रहरी कार्यालय पकडी मातहतको अस्थायी प्रहरी चौकी विजुवाको भवनको भाडा तिर्दैआएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार