Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाललाई फसाएर पार्टी कमजोर बनाउने षड्यन्त्र भयो : मन्त्री ज्वाला

    नेपाललाई फसाएर पार्टी कमजोर बनाउने षड्यन्त्र भयो : मन्त्री ज्वाला

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।

    काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे ।



    उनले भने–‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ ?’



    माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको मन्त्री ज्वालाले बताए ।

    समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै भएको दावी गर्दै भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार