Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालमा छोटे राजाहरुको शासन छ, लोकतन्त्र देखाउने दाँत मात्र हो : प्रभु साह

    नेपालमा छोटे राजाहरुको शासन छ, लोकतन्त्र देखाउने दाँत मात्र हो : प्रभु साह

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा छोटे राजाहरुको शासन चलाएको बताएका छन् ।

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । अध्यक्ष साहले नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भएको भन्दै छोटे राजाहरुले हालीमुहाली गर्दै शासनसत्ता चलाइरहेको बताए ।



    अध्यक्ष साहले के नेपालमा लोकतन्त्र छ र जनता साँच्चिकै शासक भइसके भनेर प्रश्न समेत गरे ।



    अध्यक्ष साहले भने,‘प्रस्ट देख्न सकिन्छ कि नेपालमा दलका नेता र नेताका आशेपासेहरुको शासन छ । तिनीहरुको हालीमुहाली छ । आम जनता निरीह छन् ।’

    देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र भएको भन्दै पूर्वमन्त्री समेत रहेका साहले केही दल र त्यसका आसेपासेहरुले गरेको राज जनताले लाचार भएर हेर्नुपरेको बताए ।

    दलीय सिन्डिकेट र दलीय निरंकुशतामा छोटे राजाहरुले रजगज गरिरहेकाले यो शासन प्रणालीबाट नेपालको भविष्य खोज्न नसकिने बताए ।

    साहले ठुला नेता मिलेर देश लुट्ने काम गरेको भन्दै ललिता निवासको छानबिनमा लगौटी लगाइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार