Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपतिद्वारा फ्रान्स, यूएई र कुवेतका लागि राजदूत नियुक्त

    राष्ट्रपतिद्वारा फ्रान्स, यूएई र कुवेतका लागि राजदूत नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 966
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि राजदूत नियुक्त गरेका हुन् ।



    जसअनुसार सुधीर भट्टराई फ्रान्सको राजदूतमा नियुक्त भएका छन् । तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साललाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।



    राष्ट्रपति पौडेलले उनीहरुलाई सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार