Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • हजुरआमाको हत्या गरेर फरार रहेका दुई जना पक्राउ

    हजुरआमाको हत्या गरेर फरार रहेका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.7K
    SHARES

    दार्चुला । हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ टोपाली बस्ने ८३ वर्षीय भागरथी देवी चन्दको हत्या गरी फरार रहेका २१ वर्षीय दिपक चन्द र १८ वर्षीय आषिस बमलाई प्रहरीले सार्वजनिक गरेको हो।



    उनीहरूलाई कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-४ बसपार्क नजिकबाट भाद्र १२ गते पक्राउ गरी दार्चुला ल्याइएको तथा ज्यान सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



    आरोपी चन्द र बमले भदौ ८ गते राति चन्दलाई उनकै घरको कोठामा हसियाँ, कैची, चक्कु प्रयोग गरी छाती, पेट तथा घाँटी रेटी निर्ममता पूर्वक हत्या गरी शवलाई घर देखि ३ सय मिटर दक्षिणतर्फको भिरालो जमिनमा फाली गनेको सुकेको झारले ढाकेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

    चन्दको हत्या पछि प्रतिवादी बम र चन्द मृतकले कानमा लगाएका सुनका गहना एक जोर, बाकसमा राखेको अमेरिकी डलर १०० दरका ५ नोट, १ हजार दरको कोरियन रुपैयाँ र ४० हजार नेपाली रुपैयाँ लुटपाट गरी फरार भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार