Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • देउवाको समर्थनमा सभापति बन्लान् शशांक ?

    देउवाको समर्थनमा सभापति बन्लान् शशांक ?

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैनरु नहुने भन्ने के छ र ?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो यो।

    आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थनमा सभामुखको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारहरू प्रश्नमा शशांकले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं अनि मात्रै निर्णय गर्छु।’



    विधानको व्यवस्थाअनुसार चार वर्षमा महाधिवेशन भए अझ १५औं महाधिवेशन हुन २७ महिना बाँकी छ। तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानको व्यवस्थाअनुसार चार वर्षमा कहिल्यै भएको छैन।



    बरू विधानलाई पटकपटक मिच्दै आएको कांग्रेसले संवैधानिक व्यवस्थाअनुसारको समय लिएर मात्र महाधिवेशन गर्ने गरेको छ। तर, कांग्रेसका नेताहरूले महाधिवेशनको जोडघटाउ अहिलेदेखि थालेका छन्।

    १४औं महाधिवेशन भएको २१ महिनामा विधानअनुसार कांग्रेसले कुनै काम गरेको छैन। तर, १५औं महाधिवेशनमा उम्मेदवार बन्ने र नेतृत्व हत्याउने होड कांग्रेसमा अहिलेदेखि नै सुरु भएको हो। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार