Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईजनाको मृत्यु

    भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईजनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    रुकुम । भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ ।

    रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११, बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो ।



    दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए ।



    घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ ।

    उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए । उनीहरू गत वर्षको मंसिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार