Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सात दिने भ्रमणका लागि आज भारत जाँदै बाबुराम भट्टराई

    सात दिने भ्रमणका लागि आज भारत जाँदै बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 828
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई सात दिने भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका हुन् ।

    भट्टराईको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने छन् ।



    भारत बसाईका क्रममा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यतालिका छ ।



    भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुने बताइएको छ । उनी असोज ५ गते स्वदेश फर्कने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार