Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एसियाली खेलकुदबाट बाहिरियो नेपाली पुरुष भलिबल टोली

    एसियाली खेलकुदबाट बाहिरियो नेपाली पुरुष भलिबल टोली

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । एसियाली खेलकुदको १९ औं संस्करणमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

    नेपाली पुरुष भलिबल टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा इरानसँग पराजित हुँदै बुधबार प्रतियोगिताबाट बाहिरिएको हो ।



    पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरान २५-९, २५-१५ र २५-१३ ले विजयी रह्यो । नेपाल यसअघि बहराइनसँग पनि हारेको थियो ।



    यसपल्टको प्रतियोगिता वरीयता निर्धारण गर्नका लागि थप खेल नहुने भएको हुनाले नेपाल लगातार दुई खेल गुमाएर घर फर्कन लागेको हो । प्रतियोगितामा सहभागी कुल टिमलाई छ समूहमा विभाजन गरिएको छ ।

    प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् । चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार