Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • १८ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, २ अर्ब ९ करोडको कारोबार

    १८ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, २ अर्ब ९ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से १८ अंक बढेको छ ।

    १८ अंकको वृद्धिपछि नेप्से २०२२ अंकमा कायम भएको हो। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।



    हिजो १ अर्ब ५६ करोडको कारोबार भएकोमा आज २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



    कुल १९० कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो भने ३ को स्थिर रहृयो ।

    बैंकिङ २, विकास बैंक १९, फाइनान्स २५, जलविद्युत् ६६, जीवन बीमा १३४, उत्पादन २०, माइक्रोफाइनान्स ४३, निर्जीवन बीमा ५९ र अन्य उपसमूह १२ अंक बढे ।

    होटल तथा पर्यटन उपसमूह भने १० अंक घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सननेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार