Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विराटनगरमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

    विराटनगरमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    विराटनगर । विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जना छन् । ६ जनाले सामुहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



    चार जना भने अहिलेसम्म फरार छन्। मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।



    घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिक-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    दमाईले ती बालिकालाई विभिन्न समयमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार