Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • १२० किलो गाँजा बोकेको सुमो र मोटरसाइकलसहित ६ जना पक्राउ

    १२० किलो गाँजा बोकेको सुमो र मोटरसाइकलसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.9K
    SHARES

    सुनसरी । सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ।

    शुक्रबार सुनसरीको बराहक्षेत्र-१ चतरापुलनजिकै बराहक्षेत्र जाने सडकखण्डबाट सशस्त्रले उनीहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरीको देवनागञ्ज गाउँपालिका–५ का ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।



    उनीहरूलाई बीआर ०२ आर ९९९४ नम्बरको भारतीय गाडीमा राखी भारततर्फ लैजाँदै गरेको गाँजासहित नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीका अनुसार प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले गाँजा बोकेको गाडीलाई स्कर्टिङ गरिरहेको थियो ।

    नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार