Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन प्रभु साहको माग

    इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन प्रभु साहको माग

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 402
    SHARES

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन माग गरेका छन् ।

    मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।



    अध्यक्ष साहले परराष्ट्रमन्त्री एनपी साउदलाई अप्ठेरो अवस्थामा काम गर्न नसक्ने राजदूतलाई फिर्ता बोलाउन आग्रह गरे ।



    अध्यक्ष साहले इजरायलमा रहेको नेपाली दूतावासले प्रभाकारी ढङ्गले काम गर्न नसकेको समेत बताए ।

    उनले दूतावासले घटना हुनुभन्दा अगाडिको अवस्थामा पनि नेपालीहरू कुन स्थानमा, कस्तो अवस्थामा छन् त्यस्ता कुराहरूमा दूतावास चनाखो हुनुपर्नेमा जोड दिँदै दक्ष व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्न माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार