Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनकपुर विमानस्थलमा एमाले कार्यकर्ताले गरे हवाई सुरक्षा उल्लंघन

    जनकपुर विमानस्थलमा एमाले कार्यकर्ताले गरे हवाई सुरक्षा उल्लंघन

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 579
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु जनकपुरधाम विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् ।

    सुरक्षालाई चुनौती दिँदै उनीहरु अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलको धावनमार्गमा पुगेका हुन् ।



    विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेपछि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्जलाई स्पष्टीकरण सोध्ने बताएका छन् ।



    अध्यक्ष ओलीको स्वागतमा एमाले नेता कार्यकर्ताहरु सुरक्षा उल्लंघन गर्दै धावनमार्गमै पुगेका थिए । यति एयरलाईन्सको विमान चढेर ओली जनकपुर पुग्दा ओलीको स्वागत गर्न एमाले नेता कार्यकर्ताहरु विमानको ढोकासम्मै पुगेका थिए ।

    भीआइपीको स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिर पाँचजना मात्र जान पाउने नियम बनाएको छ । तर बुधबार त्यो नियम तोडिएपछि विमानस्थलले विमानस्थल सुरक्षा प्रमुखलाई स्पष्टीकरण सोध्न लागेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार