Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सशस्त्र प्रहरीको चाडपर्व सुरक्षा योजना : २९ हजारबढी सुरक्षाकर्मी परिचालन

    सशस्त्र प्रहरीको चाडपर्व सुरक्षा योजना : २९ हजारबढी सुरक्षाकर्मी परिचालन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 663
    SHARES

    काठमाडौँ । सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको हो ।

    सुरक्षा योजनाअनुसार २९ हजार १५४ जना सशस्त्र प्रहरी परिचालित हुनेछन् भने २ हजार ९२९ जना तयारी हालतमा रहने छन् ।



    चीन र भारतका सीमा क्षेत्रमा १२५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ ।



    साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार