Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल प्रहरीले यो वर्ष दुई दिन ‘प्रहरी दिवस’ मनाउने

    नेपाल प्रहरीले यो वर्ष दुई दिन ‘प्रहरी दिवस’ मनाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 12.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले यो वर्ष दुई दिन प्रहरी दिवस मनाउने भएको छ । एक दिन श्रद्धाञ्जली कार्यक्रम र अर्को दिन विशेष कार्यक्रम आयोजना गरी ६८ औँ प्रहरी दिवस मनाउन लागिएको छ ।

    यो वर्ष २९ असोजमा गते श्रद्धाञ्जली कार्यक्रम र ३० गते विशेष कार्यक्रम आयोजना गरी प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि एकै दिन दुवै कार्यक्रम आयोजना हुँदै आएको थियो । श्रद्धाञ्जली र खुसी मनाउने कार्यक्रम एकै पटक गर्दा राम्रो नभएको टिप्पणीका आधारमा प्रहरीले यस पटक दुई दिन मनाउन लागेको हो ।



    यो वर्षको प्रहरी दिवसलाई विगतमा भन्दा फरक बनाउने प्रहरी प्रधान कार्यालयको तयारी छ । स्थापनादेखि नै नेपाल प्रहरीले प्रयोग गर्दै आएको पोसाक लगाएर परेड देखाउने तयारी छ । एआइजी सन्दीप भण्डारी नेतृत्वको टिमले पुलिस ब्याटनको छनोट गरिरहेको छ । जसमा प्रदेशका एक डिआइजीले पुरस्कार पाउनेछन् ।



    कर्णाली प्रदेशका डिआइजी भिम ढकालले यो पुरस्कार पाउने सम्भावना रहेको स्रोत बताउँछ । त्यस्तै, पूर्ण शान्ति पुरस्कार, सर्वोत्कृष्ट अनुसन्धानकर्ता लगायत पुरस्कारको छनोट पनि अन्तिम चरणमा पुगेको छ । २०१२ सालको असोज ३१ गते प्रहरी ऐन आएको दिनलाई मानेर प्रहरीले प्रहरी दिवस मनाउँदै आएको छ ।

    तर, असोज महिनामा ३१ गते कहिलेकाहीँ मात्र पर्ने र कुनै वर्ष दसैँ यही समयमा पर्ने भएकाले प्रहरीले यसको आसपासमा दिवस मनाउँदै आएको छ । प्रहरी दिवसका लागि प्रहरी प्रधान कार्यालय सिँगारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार