Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रभु साहले भने – गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्य हो

    प्रभु साहले भने – गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्य हो

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 585
    SHARES

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरण गर्नु राष्ट्रघाती कार्य भएको बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरेका थिए ।



    सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् ।



    अध्यक्ष साहले सामाजिक सञ्जालमा लेखेका छन्,‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो।’

    गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्ने उनको भनाई छ ।

    गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार