Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसीसी यू-१९ प्रिमियर कप : साउदी अरेबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

    एसीसी यू-१९ प्रिमियर कप : साउदी अरेबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 756
    SHARES

    काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

    खेल युएसडी युकेएम ओभलमा साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।



    समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईरदुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।



    यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ । नेपालले ७.३ ओभरमा कुनै पनि विकेट नगुमाएर ३४ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार